म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश • Image Khabar Image Khabar


म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश


Imagekhabar
१५ माघ २०७४, सोमबार ०७:०६

म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश

गएराति भएको चौथो चरणको खेलमा कार्डीफ सिटीलाई २-० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा पुगेको हो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३-० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्‍यो ।

खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले दुई तथा मार्कस अलन्सोले एक गोल गरे ।

गएरातिका खेलपछि इङ्लिस एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा पुग्ने १६ मध्ये १३ टोलीको टुंगो लागेको छ ।

तीनवटा खेल भने बराबरीमा टुंगिएकाले अब हुने रि प्ले पछि मात्रै बाँकी तीन टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्