खैरो हिरोईन र चरेश सहित २ जना पक्राउ • Image Khabar Image Khabar


खैरो हिरोईन र चरेश सहित २ जना पक्राउ


Imagekhabar
१५ माघ २०७४, सोमबार ०९:०४

खैरो हिरोईन र चरेश सहित २ जना पक्राउ

आइतवार राति ११ वजे भिमदत्तनगरपालिका १९ बागफाटाबाट लागु औषध खैरो हेरोइन र चरेश सहित भिमदत्त नगरपालिका ७ का २२ वर्षिय प्रबिन चौधरी र सोही ठाउँका १८ वर्षिय संजु भट्ट पक्राउ परेका हुन ।

पक्राउ परेका दुर्वै जनालाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको र थप अनुसन्धान गरी आवस्यक कार्वाही अगाडि वढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए ।

कञ्चनपुरका १५ दिनको अवधिमा लागुऔषध प्रयोग गर्ने र वेचविखन गर्ने २ महिला सहित १० जना पक्राउ परेका छन ।

प्रतिक्रिया दिनुहोस्