
गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए ।
उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ ।
सो मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउँछन् । आज बिहान भक्तजनले त्यहाँ पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्