मादकपदार्थ सेवन गरी श्रीमतीको हत्या • Image Khabar Image Khabar


मादकपदार्थ सेवन गरी श्रीमतीको हत्या


Imagekhabar
१५ माघ २०७४, सोमबार १४:२७

मादकपदार्थ सेवन गरी श्रीमतीको हत्या

अर्जुनधारा–५ पान्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मादकपदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो ।

अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्