
काठमाडौं, मंसिर २२ । यस वर्षको ‘मिस वर्ल्ड’को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितकी छन् ।
११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीया भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन् ।
उनलाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्याइदिइन् ।
‘फस्ट रनरअप’को उपाधि मिस थाइल्यान्ड निकोलिन लिम्स्नुकान जितेकी छन् । जमैकाकी कादिजा रोबिनसन ‘सेकेन्ड रनरअप’ भइन् ।
शृङ्खला शीर्ष १२ मा
मिस नेपाल शृङ्खला खतिवडा प्रतियोगिताको शीर्ष १२ मा पुग्न सफल भइन् ।
चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीया शृङ्खलाले १२औं स्थान ओगटेकी हुन् ।
टप १२ मा परेसँगै शृङ्खलाले नेपालीले गरेको समर्थनप्रति धन्यवाद दिन भुलिनन् ।
प्रतियोगितामा शृङ्खलाले दुई विधागत अवार्ड जितेकी छन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्