३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


म्यानमारका विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण


0
Shares

सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको जनाइएको छ ।

पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको बताइएको छ । विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।

राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने, ‘सुकीको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।’

आक्रमणकारीहरुको खोजी जारी रहेको उनले बताए । उनले भने, ‘बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।’

विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन ।

साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन ।

पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।

विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उनको नै बढी आलोचना भएको थियो । (रासस/सिन्ह्वा)