
ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्ससमा उनले लगानीमा चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको टिप्पणी गरे ।
उनले ल्याटिन अमेरिकालाई रुस वा चीनसँग काम गर्नभन्दा अमेरिकासँग गर्न पनि आह्वान गरे ।
ल्याटिन अमेरिकालाई नयाँ साम्राज्यवादी शक्ति नचाहिएको भन्दै टिलर्सनले अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्र पुनस्र्थापित गर्न र त्यहाँ स्वतन्त्र एवं निष्पक्ष चुनाव गराउन दबाब दिइरहने उल्लेख गरे ।
बेइजिङले गर्दै आएको आर्थिक अभ्यास निष्पक्ष नभएको उनको भनाइ छ ।
रुसले निरंकुश शासन भएका देशमा हतियार बेचेको भन्दै उनले उसको बढ्दो उपस्थिति खतराको संकेत भएको पनि बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्