
काठमाडौं । चिनियाँ मोबाइल कम्पनी हुवाईकी प्रमुख फाइनान्सीयल अफिसर मेङ्ग वाङ्जुमाथि अमेरिकामा ठगी गरेको आरोप लागेको खुलासा भएको छ ।
क्यानडामा पक्राउ परेर त्यहिंको अदालतमा भएको सुनुवाईका क्रममा मेङ्गमाथि अमेरिकामा ठगी गरेको आरोप लागेको खुलासा भएको हो ।
मेङ्गमाथि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाई मार्फत उल्लंघन गरेको आरोप पनि छ ।
मेङ्गलाई गत शनिबार नै स्थानीय अधिकारीले क्यानडाको भ्यानकुभरमा पक्राउ गरेका थिए ।
मेङ्गमाथि हिजो अदालतमा सुनुवाई भए पनि उहाँलाई धरौटीमा छाड्ने या नछाड्ने भन्ने निर्णय भने हुन सकेन ।
मेङ्गले कुनै कानुन उल्लंघन नगरेको दाबी गर्दै चीनले उनलाई रिहा गर्न माग गरेको छ । मेङ्ग हुवाई कम्पनीका संस्थापक रेन जेन्फेईकी छोरी हुन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्