
शनिबार हेटौंडामा राप्रपा मकवानपुरद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अहिलेको नेपाल भ्रमणको समय सान्दर्भिक नभएको टिप्पणी गरे ।
उनले ‘नेपाल अहिलेसम्म कसैको उपनिवेश नभएको तर स्वराजको भ्रमणबाट मुलुक कतै उपनिवेश भएको हो कि भन्ने भानपरेको’ बताए ।
राप्रपा अध्यक्ष थापाले जनताको ‘म्यान्डेड’अनुसार अब वाम गठबन्धनको सरकार बन्नुपर्नेमा जोड दिए ।
निर्वाचनको समयमा बनाइएको लोकतान्त्रिक गठबन्धन कमजोर भएकैले जनताले राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनलाई रोजेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्