
१०७ सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलकारुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम नेपाल र २५ सिटसहित दोस्रो दल बनेको राजपा नेपालको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ ।
प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर–२ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मञ्जु यादवले बताइन् ।
सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । मण्डलले आफू वरिष्ठ नेता र प्रदेश संयोजकसमेत भएकाले सर्वसम्मत् हुनुपर्ने प्रस्ताव राखेका छन् भने महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नम्बर–२ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उनलाई स्वीकार नगर्ने प्रस्ट पारेको छ ।
यता, प्रदेश नम्बर–२ को प्रदेशसभामा चौथो शक्तिकारुपमा रहेको नेपाली कांग्रेसको संसदीय दलको नेताको पनि टुंगो लागेको छैन ।
त्यस्तै, माओवादी केन्द्रबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी केन्द्र प्रदेश नम्बर–२ मा पाँचौं शक्तिकारुपमा रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्