२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न सल्लाह


0
Shares

प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिए ।

पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा पनि उनले धारणा राखे ।

भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले दुवै छिमेकी मुलुकबीच यस्ता भ्रमण भइरहन्छ, यस विषयमा अनावश्यक रुपमा टीकाटिप्पणी गर्नु उचित हुँदैन भन्दै जुनसुुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस