
व्यापक उत्साह र कडा सुरक्षाकाबीच बुटवलस्थित उद्योग वाणिज्य संघको हलमा बसेको पहिलो प्रदेशसभा बैठकले सभामुखको निर्वाचन फागुन २ गते गर्ने निर्णय गरेको हो ।
बैठकको शुरुमा सभामुखको हैसियतले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाले पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिइ । त्यसपछि बैठकले फागुन २ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभामुख चयन र नयाँ कार्यविधि नभएसम्मका लागि अन्तरिम कार्यविधि पनि बैठकबाट पारित भएको छ ।
बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सम्बोधन गर्ने प्रदेशसभा सदस्यहरुले संघीय शासन व्यवस्थाको स्थायित्व र प्रदेशको विकास तथा समृद्धिका पक्षमा धारणा राखेका थिए । संघीय संसद्को पहिलो वैठक भएकाले प्रदेशसभा सदस्यहरु पनि उत्साही देखिन्थे ।
संसद्को अर्को बैठक फागुन २ गते नै बस्नेछ ।
पहिलो बैठक भएकाले यस क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा पत्रकाहरु पनि अधिवेशनमा पर्यवेक्षकमा रुपमा उत्साहका साथ सहभागी थिए ।
प्रदेश नम्बर ५ मा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टीका १ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्