१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


संकटालाई हराउँदै पुलिस फाइनलमा


0
Shares

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–१ ले पराजित गर्दै पुलिस उपाधिनजिक हो ।

पुलिसको जितमा रेजिन सुब्बाले खेलको ५४औं मिनेटमा तथा बुद्ध लामाले अतिरिक्त समय (१०१औं) मिनेट)मा एक/एक गोल गरे ।

संकटाका लागि प्रकाश बुढाथोकीले खेलको ६४औं मिनेटमा एक गोल गरे । निर्धारित् ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएको थियो ।

खेलको ‘म्यान अफ द’ म्याच’ संकटाका प्रकाश बुढाथोकी घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।