२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


दुबई जाने कामदारमाथि थपियो आर्थिक भार


0
Shares

दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुनेगरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो ।

दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन (प्रहरी प्रतिवेदन) प्रमाणपत्र पेस गर्नुपर्ने सूचना प्रकाशन गरेको थियो । यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट नयाँ कामका लागि जाने सबैमा लागू हुन्छ ।

दुबई सरकारको नयाँ नियमपछि कामदारले सामान्यत पुलिस रिपोर्ट बनाउन दुई सय रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । प्रहरी प्रतिवेदन दूतावासबाट प्रमाणित गर्न थप ४३ सय रुपैयाँ तिर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष हरि पाण्डे बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट