२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रोहितकुमार पौडेलको ‘डेब्यु’


0
Shares

प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग खेलिरहेको छ ।

खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेसँगै नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

यसैबीच, यु–१९ टोलीका सदस्य रोहितकुमार पौडेलले नामिबियाविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् ।

रोहितसँगै नामिबियाविरुद्व खेल्ने नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र दिलीप नाथ रहेका छन् ।

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने नेपालको लक्ष्य छ ।

नेपाल र नामिबियासँगै युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन–२ मा घटुवा भएका हुन् । ओमन र क्यानडा डिभिजन–३ को शीर्ष दुई स्थानमा रहँदै डिभिजन–२ मा बढुवा भएका हुन् ।