२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नामिबियाले दियो नेपाललाई १३९ रनको लक्ष्य


0
Shares

प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग खेलिरहेको छ ।

खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १३९ रनको सामान्य लक्ष्य पाएको छ ।

उत्कृष्ट बलिङ गर्नेक्रममा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

सोमपाल कामीले ३ तथा बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकरले १–१ विकेट लिएपछि आयोजक नामिबिया ३४.२ ओभरमा १३८ रनमै समेटियो ।

१३९ रनको विजयी लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ सुरु गरेको छ ।

यसैबीच, यु–१९ टोलीका सदस्य रोहितकुमार पौडेलले नामिबियाबिरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् ।

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्ने नेपालको लक्ष्य छ ।

नेपाल र नामिबियासँगै युएई र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन–२ मा घटुवा भएका हुन् । ओमान र क्यानडा डिभिजन–३ को शीर्ष दुई स्थानमा रहँदै डिभिजन–२ मा बढुवा भएका हुन् ।