
प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ । विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् ।
शीतकालिन ओलम्पिकको यो संस्करण संसारमा असहलेसम्मकै चिसो ओलम्पिक बन्ने मौसम पूर्वानुमानहरुले देखाएका छन् । अल्पेन्सीयाको एउटा छानो नभएको रंगशालामा हुने उदघाटन समारोहको बेला तापक्रम माईनस ५ डिग्री सेल्सीयसमा झर्ने जनाईएको छ ।
प्योङचाङको १३ वटा भेन्युमा हुने विन्टर ओलम्पिकको ७७ प्रतिशत टिकट बिक्री भएको छ । दर्शकलाई ब्ल्याङ्केट, रेन कोट र हिट प्याडकोसमेत व्यवस्था गरिएको छ । यो ओलम्पिकका लागि उत्तर कोरियाका केही खेलाडीसमेत दक्षिण कोरिया पुगेका छन् ।
ओलम्पिककै बहानामा दुई देशका उच्च अधिकारीहरुबीच पटक–पटक छलफल सम्पन्न हुनुलाई सफलताको रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्