१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ओमनविरुद्ध ब्याटिङ गर्दै नेपाली टोली, दोस्रो जितको खोजीमा नेपाल


0
Shares

खेलमा टस जितेर ओमनले पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले यतिबेला ब्याटिङ गरिरहेको छ ।

नामिबियामा जारी प्रतियोगितामा नेपाल लागातार दोस्रो जितको खोजीमा मैदान उत्रिएको हो । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो ।

ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले पराजित भएको थियो ।

नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।