
नामिबियामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसामु जितका लागि १३९ रनको लक्ष्य प्रस्तुत् गरेको छ ।
४६ ओभरमा सबै विकेट गुमाउँदै नेपालले मात्र १३८ रन बनाउन सक्यो ।
नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १९ तथा कप्तान पारस खड्का र सोमपाल कामीले समान १७÷१७ रन जोडे ।
यस्तै, रोहितकुमार पौडेलले १४ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले बिहीबार आयोजक नामिबियालाई १ विकेटले हराएको थियो ।
ओमान भने आफ्नो पहिलो खेलमा बिहीबारै क्यानाडासँग ८ विकेटले पराजित भएको थियो ।
नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्