
शुक्रबार सिमरा रंगशालामा भएको प्रतियोगिताको दोस्रो खेलमा सशस्त्रले नवजनजागृति युवा क्लब सिमरालाई २–० ले हरायो ।
सशस्त्रको जितमा रवि थिङ र रन्जन विष्टले एक/एक गोल गरे ।
प्रतियोगिताअन्तर्गत् शनिबार सिमराको एनजेजेवाइसी ‘सेतो’ र मोरङ फुटबल क्लब विराटनगरबीच खेल हुने आयोजनकले जनाएको छ ।
१० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ५१ हजार र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल तथा विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्