
ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षकसिताराम हाछेथुका अनुसार शनिबार मादक पदार्थ सेवन(मापसे) गरेर सवारी चलाउने १ सय १० जनासहित १२ सय ३४ जना पक्राउ परेको जानकारी दिए ।
त्यसबाहेक शनिबार झैझगडा गर्ने साथै अन्य अनुसन्धानका लागि १ सय ७ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता काठमाडौंका बनस्थलीमा आगो ताप्ने क्रममा एक युवती घाइते भएकी छिन् ।
लुगामा आगो सल्किएर धनुषा घर भए बनस्थली बस्दै आएकी २३ बर्षीया किरानदेवी महतोको ४५ प्रतिशत शरिर जलेको प्रहरीले जानकारी दिएको छ । उनको किर्तिपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्