सिमरामा नौलो प्रयासः पाँच रुपैंयाँमै दक्ष चिकित्सकबाट उपचार(भिडियो) • Image Khabar Image Khabar


सिमरामा नौलो प्रयासः पाँच रुपैंयाँमै दक्ष चिकित्सकबाट उपचार(भिडियो)


Imagekhabar
२८ माघ २०७४, आईतवार १२:१७

सिमरामा नौलो प्रयासः पाँच रुपैंयाँमै दक्ष चिकित्सकबाट उपचार(भिडियो)

 

सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले पाँच रुपैयाँमै उपचार थालेपछि विरामीलाई राहत भएको छ ।

सरकारी स्वामित्वको केन्द्रबाट पाउने सेवामा सेवाग्राहीको अपनत्व बढोस भनेर ब्यवस्थापन समितिले पाँच रुपैयाँ शुल्क तोकेको हो ।

जटील रोगका बिरामी बाहेक अरु सेवाग्राहीले केन्द्रबाटै सेवा लिन थालेपछि निजी अस्पतालहरुले पनि शुल्क घटाउन बाध्य भएका छन् ।

यस केन्द्रसरहको सेवा निजी क्षेत्रबाट लिँदा ३ सयदेखि ५ सयसम्म प्रतिव्यक्ति शुल्क र औषधीसमेत किन्नुपर्ने भएपछि सर्वसाधारण केन्द्रमा तानिएका हुन् ।

केन्द्रले बृद्धबृद्धा, दलित, असक्त, विद्यार्थीलगायतलाई भने पाँच रुपैयाँ पनि निःशुल्क गरिदिएको छ ।

केन्द्रबाट सरकारले उपलब्ध गराएको ५८ प्रकारका औषधि निःशुल्क र ४८ प्रकारका ल्याव परीक्षणमा निजी अस्पतालभन्दा ५० प्रतिशत सस्तोमा सेवा दिइएको केन्द्रले जनाएको छ ।

अहिले यस स्वास्थ्य केन्द्रमा धनी गरीब सबैखाले विरामी उपचारका लागि धाउने गरेका छन् । दक्ष चिकित्सक र सस्तोमा राम्रो उपचार पाउने भएकाले स्थानीय आकर्षित हुन थालेका हुन् ।

३ एमबिबिएस, १ हेल्थ असिष्टेन्ट, ३ सिएमए, १ स्टाफ नर्स, ३ अनमी, १ फार्मेसी असिष्टेन्ट, १ ल्याब असिष्टेन्ट र केही कार्यालय सहयोगीको समुहले दैनिक बिमारीलाई सेवा दिईरहेका छन् ।

स्थानीय राजनीतिक दल र संघ संस्थाले समेत हातेमालो गरेकाले सुधार आएको हो ।

मण्डलले बिरामी जाँच्ने काम मात्र नगरी केन्द्र टेक्ने बित्तिकै समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थासँग समन्वय गरी स्वास्थ्य केन्द्रको पूरै प्रणालीमा सुधार ल्याएको स्थानीय बताउँछन् ।

बारामा रहेको ५ वटा प्राथमिक स्वास्थ्य केन्द्र मध्ये सिमरा डाक्टर र स्वास्थ्यकर्मीहरुको मेहनत र लगनशिलताले उत्कृष्ट बनेकोे जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उपचार र विश्वास दुबै आर्जन गरेपछि अहिले यस केन्द्मा वीरगंज, चितबन जाने बिमारीसमेत सिमरा पिएचसीमा पहिलो परामर्शका लागि पुग्ने गरेका छन् ।

स्वास्थ्य केन्द्रको आवरण नै फेरिएको, स्वास्थ्यकर्मी–कर्मचारी र सेवाग्राहीबीच सहज संवाद स्थापित भएपछि दैनिक सेवा प्रवह पनि छिटो छरितो हुन थालेको छ । गरे के हुन्न भन्ने उदाहरण पनि बनेको छ यो केन्द्र ।

(भिडियो) 

प्रतिक्रिया दिनुहोस्