
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औं स्थापना दिवसको अवसर पारेर आयोगले आइतबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले संघीयतामा आयोगको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
आम जनताको चाहना राजनीतिक स्थायित्व रहेको भन्दै राष्ट्रपति भण्डारीले यसलाई मनन् गरेर अघि बढ्न दलहरुलाई आग्रह गरिन् ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले अनुसन्धान पद्धतिलाई थप परिस्कृत बनाउने र सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रणमा लाग्ने बताए । स्थापना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले नौ जना कर्मचारीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार प्रदान गरिन् ।
यस्तै वक्तृत्वकला र कविता प्रतियोगिताका विजयीलाई पुस्कार पनि प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्