Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


जुम्लामा छिट्टै एमबीबीएसको पढाइ हुने प्रधानमन्त्रीको दावी


0
Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निर्माण गरिएको तीन सय शैय्याको अत्याधुनिक शिक्षण अस्पतालको आइतबार उद्घाटन गर्दै देउवाले शहरी क्षेत्रका मेडिकल कलेजहरुका लागि बनाइएको मेडिकल काउन्सिलको न्यूनतम मान्यतामा दुर्गमका लागि विशेष छुट गरि जुम्लामा एमबीबीएस पढाइका लागि पहल गर्ने बताएका हुन् ।

‘दुर्गम क्षेत्रेको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको मेरुद्धण्ड नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो, उलने भने, ‘यस प्रतिष्ठानलाई अन्य प्रतिष्ठान सरह नगरी विशेष तरीकाले हेरिने छ ।’

अस्पताल संचालनपछि कर्णालीबासीले उपचारका लागि बाहिर जानु नपर्ने उनले जिकिर गरे ।

साढे दुई बर्ष अघि तीन सय शैय्याको अस्पताल निर्माणको काम थालिएको थियो । ७६ करोडको लागतमा चार तले अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।