
खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै केन्याले अहिले ब्याटिङ गरिरहेको छ ।
यसैबीच, केन्याविरुद्ध खेल्दै अनिलकुमार शाहले नेपाली राष्ट्रिय टोलीका लागि ‘डेब्यु’ गरेका छन् । अनिल ओपनर दिलीप नाथको स्थानमा टोलीमा आएका हुन् ।
प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार व्यहोरेको नेपाल आज तेस्रो जितको खोजीमा छ ।
नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमनसँग पराजित भएको थियो ।
आइतबार भएको तेस्रो खेलमा भने नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४ विकेटले हराएको हो ।
६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन् ।
तीन खेलको समाप्तिसम्म ६ अंक जोडेको क्यानडा शीर्ष स्थानमा रहँदा ४ अंकका साथ नेपाल दोस्रो स्थानमा छ । युएई, नामिबिया र ओमनले २/२ अंक जोड्दा केन्याले हालसम्म अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्