तीर हान्ने खेल • Image Khabar Image Khabar


तीर हान्ने खेल


Imagekhabar
२९ माघ २०७४, सोमबार १४:२२

तीर हान्ने खेल

कर्मज्यामु भोटिया समाजले गरेको प्रतियोगितामा भोटखोला क्षेत्रका १५ टिम सहभागी थिए ।

हिमालय क्षेत्रमा बसोबास गर्ने भोटेबीच लोकप्रिय तीर हान्ने खेल प्रत्येक वर्ष आयोजना गरिन्छ ।

२१ सय ४५औं खिलो ग्याल्मो ल्होसारको अवसरमा गरिएको खेलमा भोटेजातिको उल्लेख्य सहभागिता थियो ।

कर्मज्यामु भोटिया समाजका अध्यक्ष लप्ते भोटेकाअनुसार एकापसमा सद्भाव र खुसी साटासाट गर्न यो खेल खेलिन्छ ।

भोटे भाषामा ‘दची’ खेलकारुपमा परिचित यो खेलसँगै उनीहरुले आफ्नो भाषामा गीत गाउने, शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई पुरस्कार प्रदान गरियो । सहभागीहरुले यो खेललाई राष्ट्रिय खेलको मान्यता दिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्