२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


चीनले बनाउँदै छ विश्वकै नमूना सहर, यस्ता छन् यो सहरको विशेषता


0
Shares

जलवायु परिवर्तन र यसबाट निम्तिएको संकट न्यूनिकरण गर्ने उद्देश्यले चीनले एउटा यस्तो सहर बनाइरहेको छ, जहाँ हरेक घरमा हरियाली पाइनेछ ।

लिउझोउमा चीनले ‘वन सहर’ बनाइरहेको हो, जहाँ ३० हजार मानिस बस्न सक्नेछन् । केही वर्षमै तयार हुने यो सहरमा आवास, होटल, अस्पताल, विद्यालय लगायतका आधुनिक भवन हुनेछन् । प्रत्येक भवनमा रुख रोपिएका छन् । यो सहरमा ४० हजार रुख र विभिन्न एक सय प्रजातिका १० लाख बिरुवा तथा झाडी हुनेछन् ।

यी रुखबिरुवाले प्रतिवर्ष १० हजार टन कार्वनडाइअक्साइड र ५७ टन प्रदुषणलाई अवशोषित गर्ने चिनियाँ अधिकारीहरुको भनाइ छ । त्यसैगरी यो सहरमा भएका रुखबिरुवाले प्रतिवर्ष ९०० टन अक्सिजन उत्पादन हुने बताइएको छ ।

दक्षिण चीनकमो गुआङ्गझीस्थित लिउझोउमा बन्दै गरेको यो सहरलाई विद्युतीय सवारी साधन र द्रुत गतिको रेलसेवामार्फत यातायात संजालसँग जोडिनेछ । सहरका हरेक घरमा भू–तापीय उर्जा र सौर्यप्लानलसहितका छतबाट संचालित एयरकन्डिशन हुनेछन् । लिउझोउ नगरपालिकाको शहरी योजनाद्वारा तयार पारिएको परियोजनालाई स्टिफानो बोएरीले डिजाइन गरेका हुन् ।

शहरमा हुर्काइएका रुखबिरुवाले तापमानलाई नियन्त्रण गर्नेछ भने ध्वनि प्रदुषण नियन्त्रण गर्ने तथा पशुपंक्षीका लागि आवास दिने हुनाले जैविक विविधतामा सुधार आउने अपेक्षा गरिएको छ । सहरको निर्माण सन् २०२० बाट सुरु हुने जनाइएको छ । (एजेन्सी)