
सत्तारुढ दल अफ्रिकन नेसनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति ज्याकोब जुमाको राजीनामा माग गरेको हो ।
सोमबार राति अबेरसम्म चलेको बैठकमा पद त्याग्न अस्वीकार गरेपछि अधिकांश सदस्यले राष्ट्रपति जुमाको राजीनामा मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत डिसेम्बरमा पार्टी प्रमुखमा सिरिल रामापोसा चुनिएपछि राजीनामा दिन जुमामाथि दबाब पर्दै आएको थियो ।
राजीनामाबारे अफ्रिकन नेसनल कांग्रेसका १०० भन्दा बढी वरिष्ठ नेताले १३ घन्टा छलफल गरेका थिए ।
सन् २००९ पछि राजनीतिको नेतृत्वमा रहेका ७५ वर्षीय जुमामाथि पटक–पटक भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।
सन् २०१६ मा निजी घरमा सरकारी पैसा खर्च गरेर फिर्ता नगर्दा अफ्रिकी उच्च अदालतले जुमाले संविधानको उल्लंघन गरेको जनाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्