
काठमाडौं, फागुन ३ । नेपाल वनस्पति घिउ उद्योगले शान्ति ब्राण्डको तोरीको तेल उत्पादन गर्ने भएको छ । उद्योग साल्ट ट्रेडिङ कर्पोरेसनको सहायक कम्पनी हो ।
करिब १३ वर्षदेखि बन्द उद्योगलाई कर्पोरेसनले तेल उत्पादनमार्फत ब्युँताउन खोजेको हो । बजारमा अशुद्ध खाने तेल छ्याप्छ्याप्ती भेटिन थालेपछि कर्पोरेसनले पनि तेल बेच्ने योजना बनाएको सहमहाप्रवन्धक कुमार राजभण्डारीले बताए ।
यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमूना परीक्षण गर्दा अधिकांश तेलमा कैफियत भेटिएको थियो । बजारमा ९ ब्राण्डका खाने तेल परीक्षण गर्दा तीनवटामा एसिड भ्यालु बढी देखिएको थियो । बजारमा गुणस्तरीय तेल नभएको गुनासो आएपछि कर्पोरेसनले पनि उत्पादन गर्ने योजना बनाएको हो ।
उपभोक्तालाई स्वच्छ तेल वितरण गर्न चालू आर्थिक वर्षबाटै उत्पादन गरिने भएको छ । तोरीको तेल उत्पादनका लागि एलसी खोलेर चीनमा मेसिन अर्डर गरिसकेको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्