
काठमाडौं, फागुन ३ । विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् ।
नामिबियामा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।
समूह चरणमा ४ जित र एक हारसहित शीर्ष स्थानमा रहेको नेपाल र ३ जित तथा २ हारसहित दोस्रो स्थानमा रहेको युएईले अर्को महिना जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्