२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डिभिजन–२ को उपाधिका लागि युएईले नेपाललाई दियो २७८ रनको चुनौती


0
Shares

काठमाडौं, फागुन ३ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् ।

खेल विजयका लागि नेपालले २७८ रनको चुनौती पाएको छ ।

युएईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ४ विकेटको क्षतिमा २७७ रन बनाएको हो ।

नेपाली बलरमाथि हावी हुँदै अस्फाग अहमदले ११४ रन बनाए ।

यो प्रतियोगिताकै सबैभन्दा कमजोर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले एक/एक विकेट लिए ।

सन्दीपले सर्वाधिक विकेट लिनेक्रममा ६ खेलमा १७ विकेट लिएका छन् ।

लिग चरणमा ४ जित तथा एक हारसहित शीर्ष स्थानमा रहेको नेपाल र ३ जित तथा २ हारसहित दोस्रो स्थानमा रहेको युएईले अर्को महिना जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाइसकेका छन् ।