बाह्रबिसे नगरपालिकाको बोर्डरलाइनमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु • Image Khabar Image Khabar


बाह्रबिसे नगरपालिकाको बोर्डरलाइनमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार ११:१७

बाह्रबिसे नगरपालिकाको बोर्डरलाइनमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्