२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एन्फा नेतृत्वका लागि दुईजनाको उम्मेदवारी, कुन पदका लागि को–को उम्मेदवार ?


0
Shares

अध्यक्षका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको हो ।

त्यसैगरी, उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक सुमनकुमार केसीले हामीलाई जानकारी दिए ।

चार उपाध्यक्षका लागि उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा, अरुणमान जोशी, सुनीलशमशेर जबरा, विराटजंग शाही, गणेशबहादुर चन्द, किशोर राई, वीरबहादुर खड्का, राजेन्द्र न्यौपाने, पंकजविक्रम नेम्वाङ र मोहम्मद अमिउल्लाहको उम्मेदवारी परेको हो ।

त्यसैगरी, एक महिलाका लागि दुई तथा ११ पुरुष सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको छ ।

महिलाका लागि रमा भट्टराई र पेमा डोल्मा लामाको उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिले माघ २९ देखि फागुन ४ शुक्रबारसम्म पाँच दिनको समय दिएको थियो ।

निर्वाचन समितिले फागुन १४ गते उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ । यो अवधिमा समिति आफैंले उम्मेदवारको वैधानिकताबारे छानविन गर्नेछ ।

फागुन १५ गतेदेखि एक हप्ता दाबी–विरोधको समय दिइने संयोजक केसीले बताए ।

उम्मेदवारको अन्तिम नामावली चैत ४ गते सार्वजनिक गरिने जनाइएको छ ।