
कूटनीतिक अध्ययन संस्था नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नेपालको कूटनीतिक र कूटनीतिक शास्त्र’बारे अन्तरक्रियामा उनले पार्टी एकता अन्तिम चरणमा रहेको स्पस्ट पारे ।
एकताकाक्रममा पार्टीले अँगाल्दै आएको वैचारिक पाटो महत्वपूर्ण हुन्छ भन्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महराले भने–‘प्राविधिक समस्या छैन, वैचारिक विषयमा टुंगो लागेको छैन, यो महत्वपूर्ण विषय हो ।’
दुई पार्टीले अँगाल्दै आएका वैचारिक धरातलबाट माथि उठेरमात्र एकता हुने स्पस्ट पार्दै उनले भने–‘हामीले माओवाद नछाड्ने, एमालेले जनताको बहुदलीय जनवाद नछाड्ने अवस्थामा पार्टी एकता हुँदैन । एकले अर्कालाई खाने अवस्थामा एकता हुन्न, निषेधको अवस्थाबाट माथि उठ्नुपर्छ ।’
जनताको तहमा एमाले र माओवादी छुट्टै नभइ एकै कम्युनिष्ट पार्टी रहेको तर नेतृत्वमा समस्या देखिएको उल्लेख गर्दै उनले दुवै पार्टीले विद्यमान आधारबाट माथि उठेर एकता गर्ने बताए ।
छिमेकसँग सन्तुलित सम्बन्ध
मुलुकको हितलाई ध्यान दिएर दुई छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नसकेमात्र नेपालको कूटनीति सफल हुने पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री महराको भनाइ छ ।
कार्यक्रममा प्रा. डा. गोपाल शिवाकोटीद्वारा लिखित ‘कूटनीतिशास्त्र’ नामक पुस्तक विमोचन गरिएको थियो ।
कृतिमा कूटनीतिक अवधारणाको विकास एवं पछिल्लो समयमा भएको कूटनीतिक विकास र अभ्यासका विषय समेटिएको छ ।
पैरवी प्रकाशनले बजारमा ल्याएको पुस्तकको समीक्षा गर्दै प्रा. राजकुमार पोखरेल र मातृका पौडेलले पुस्तक कूटनीतिक क्षेत्रका अध्येता एवं विद्यार्थीका लागि महत्वपूर्ण हुने बताए ।
लेखक प्रा. डा. शिवाकोटीले नेपालले अभ्यास गर्दै आएको कूटनीति तथा सिद्धान्तमा व्यावहारिक समस्या रहेकाले सुधारको आवश्यकता रहेको औंल्याए । रासस
प्रतिक्रिया दिनुहोस्