यी हुन् प्रदेश–४ को पहिलो मन्त्रिपरिषद बैठकका निर्णय • Image Khabar Image Khabar


यी हुन् प्रदेश–४ को पहिलो मन्त्रिपरिषद बैठकका निर्णय


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार १९:४८

यी हुन् प्रदेश–४ को पहिलो मन्त्रिपरिषद बैठकका निर्णय

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत् दुई वर्षमा सबैका घरघरमा विद्युत् पुर्‍याइने तथा पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरिने, प्रदेशका सबै स्थानीय तह र केन्द्रसँग सडक पहुँच विस्तारका साथै अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माण गरिने बताउँदै अर्बुद, मुटु र मिर्गाैला रोगको उपचार केन्द्र स्थापना गरी सन्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन, विभिन्न जाति–जनजातिको पहिचान झल्किने गरी बहुसाँस्कृतिक ग्राम स्थापना तथा सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्न विद्युतीय सुशासनमा जोड दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेशसभा कार्यविभाजन नियमावली २०७४ र प्रदेशसभा कार्यसम्पादन नियमावली २०७४ स्वीकृत भएको छ ।

बैठकले उद्योगमन्त्री बस्नेतलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बैठकले नेपालको लोकतान्त्रिक जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका सहिदप्रति सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्