
मंगलबार दिउँसो ३ बजे साझा पेट्रोलपम्पनजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
मानिसहरुको बाक्लो आवत–जावत हुने क्षेत्रमा विस्फोटक पदार्थ भेटिएपछि ६ लेन सडकको काठमाडौंबाट भक्तपुरतर्फ जाने सडक बन्द गराएर आवत–जावतमासमेत रोक लगाइएको थियो ।
सेनाको पहिलो टोलीले डिस्फोज गर्न नसकेपछि बम निस्क्रिय टोली आएर बम निस्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्