
काठमाडौं, फागुन १० । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले हराएको छ ।
लेगानेजको मैदानमा गएराति भएको खेलको छैटौं मिनेटमा बुस्टिन्जाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।
तर ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
२९ औं मिनेटमा कासामेरोले गोल गरेपछि रियालले पहिलो हाफमा २–१ को अग्रता लियो ।
दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै सर्जियो रामोसले रियाललाई ३-१ ले विजयी गराएका हुन् ।
जितसँगै रियालले तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी १४ अंकमा सिमित गरेको छ ।
२४ खेलबाट रियाल मड्रिडको ४८ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५५ तथा शीर्ष स्थानको बार्सिलोनाको ६२ अंक छ ।
प्रतिक्रिया दिनुहोस्