Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपाली फुटबल बिग्रेको टुलुटुलु हेरेर बस्न सक्दिनँ : गणेश थापा


0
Shares

नयाँ खेलकुद संस्था ‘नेपाल स्पोर्टस् अर्गनाइजेसन’को विधिवत् सुरु भएको घोषणा गर्न सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष थापाले आफू ३५ वर्षसम्म संलग्न रहेको खेलकुद बिग्रेको हेरेर बस्न नसक्ने बताएका हुन् ।

दुई वर्षअघिदेखि फिफाको १० वर्षे कारबाही भोगिरहेका थापाले फिफाले आफूलाई बोल्नै नहुनेगरी बन्देज नलगाएकोसमेत बताए ।

थापाले आफूलाई ५८ करोड रुपैयाँको भ्रष्टाचार गरेको आरोप लगाउनेहरुले ५८ रुपैयाँमात्रै खाएको प्रमाणित गरेमात्रै पनि कारबाही भोग्न तयार रहेको बताए ।

उनले आफू बाँचुन्जेल फुटबलबाट टाढा रहन नसक्ने भन्दै फेरि फुटबलमा फर्कनसक्ने संकेत गरे ।

थापाले पत्रकार सम्मेलन गरी आफू अध्यक्ष रहेको नेपाल स्पोर्टस् अर्गनाइजेसनले खेलकुदका एकल प्रतिस्पर्धाका खेलाडीहरुलाई प्रोत्साहन, सम्मान तथा प्रतियोगिताहरु आयोजना गर्ने जानकारी दिए ।

छिट्टै लब्धप्रतिष्ठित व्यक्तिहरु समेटेर कार्यसमिति बनाइ तीन महिनाभित्र राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि उनले जानकारी दिए ।

थापाले खेलकुदबाट टाढा बस्न नसकेरै खेलकुद संस्था खडा गरेको जिकिर गरे ।