सुर्खेतमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु • Image Khabar Image Khabar


सुर्खेतमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार १५:१९

सुर्खेतमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

मालारानी–खरिगैराबजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नम्बरको ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट–८ मेहेलकुना खटांगका फत्तबहादुर विक, शशिराम विक र नारायण खत्री रहेको जिल्ला प्रहरी सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

घाइतेको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्