Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


इमेजको होली विशेष कार्यक्रम हुँदै


0
Shares

इमेजले विगत केही वर्षयतादेखि होलीका दिन गर्दै आएको सांगीतिक कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।

फागुन १७ गते काठमाडौंको बालुवाटारस्थित एम्पाएर बुटिक होटलमा इमेजले होली विशेष कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गायक/गायिकाहरु धीरज राई, मिङ्मा शेर्पा, प्राशना शाक्य, कमल के क्षत्री, भरत सिटौला, विश्व नेपाली, जुना प्रसाइँ, भोजराज काफ्ले, विजय लामा, सुजन माइकल श्रेष्ठ, कृष्ण सुवेदी ‘समीप’, रमेशराज भट्टराई, मञ्जु पौडेललगायतको प्रस्तुति रहनेछ ।

यस्तै, साधना कला केन्द्रको नृत्य प्रस्तुति रहनेछ भने डिजे सेसन पनि हुने होली विशेष कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ ।

होलीका दिन बिहान ११ बजेदेखि हुने कार्यक्रमको इमेज च्यानलले प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ ।

Skip This