१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


आठौं मानव अधिकार भर्चुअल चलचित्र महोत्सव बुधबारदेखि, छोटा–लामा ५२ चलचित्र सहभागि


0
Shares

nepal human rights international festivals

काठमाडौं, मंसिर ९ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मंसिर १० गते बुधबारदेखि आठौं मानव अधिकार भर्चुअल चलचित्र महोत्सव शुरु हुने भएको छ ।

केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेको भए पनि यस वर्ष कोभिड–१९ को महामारीका कारण पूर्व निर्धारित मितिमा महोत्सव आयोजना गर्न नसकिएको आयोजकले जनाएको छ ।

कोभिड–१९ को कारण बदलिएको परिस्थितिलाई मध्यनजर गरी आठौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाईनको माध्यमबाट मंसिर १० देखि १५ अर्थात् २५ देखि ३० नोभेम्बरसम्म आयोजना गरिने छ ।

कार्यक्रममा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्र प्रशारण गरिने केन्द्रका अध्यक्ष अरुणदेव जोशीले जानकारी दिनुभयो ।

यस महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एप अर्थात् चलचित्र डट टिभी मार्फत् प्रशारण गरिने छ भने अरु छलफल, अन्तरक्रिया तथा बहसहरु जुम मार्फत गरिने पनि अध्यक्ष जोशीले बताउनुभयो ।
यसका साथै चलचित्रकर्मीसँगको अन्तरक्रिया, प्लानल डिस्कशनलगायतका कार्यक्रम पनि गरिने छ ।

महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रशारणका लागि छनोट गरिएको हो ।

महोत्सवमा चलचित्र प्रशारणपछि ‘एशियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहन्छौं’ अल्पसंख्यक–सिमान्तीकृत समुदाय सवालः सिनेमाको भूमिका विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तरक्रिया तथा छलफल पनि गरिनेछ ।

राष्ट्रिय मानव अधिकार आयोग सह–आयोजना, चलचित्र विकास बोर्डको प्रवद्र्धन र युरोपियन युनियन, नेपालका लािग जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ.एम. लगायतको सहकार्य र दजनौं संघसंस्थाको ऐक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ कार्यकारी निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।