
मोरङ, असार १३ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ की ४४ वर्षीया शान्ति राई (तामाङ)को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् ।
गत फागुन १९ गते राति भएको घटनापछि बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लागेको थियो ।
मिक्लाजुङ–७, सिसौलीकी राईको शव बलात्कारपछि विभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा ग्यांग्रीखोलामा फेलापरेको थियो ।
लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।
बलात्कार गरेको खुल्ने डरले बस्नेतले महिलाको हत्या नै गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बस्नेतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बुधबारै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्