१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चन्दका नाममा पक्राउ पुर्जी जारी, विस्फोट र कर्तव्य ज्यानको अभियोग


0
Shares

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको भन्दै प्रहरीले चन्दलगायत २० जनालाई विपक्षी बनाएर विस्फोटक पदार्थ र ज्यानमार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।

यस्तै, गत कात्तिक २८ गते भोजपुरमा पूर्वसूचना तथा सन्चारमन्त्री शेरधन राई चढेको गाडीमा आक्रमण गरिएको थियो ।

भोजपुरका अरु भागमा पनि विस्फोट गराइएको थियो ।

पुस ९ गते चन्दको नाममा भोजपुर जिल्ला अदालतबाट ‘वारेन्ट’ जारी भएअनुसार प्रहरीले चन्दलगायत अरु नेता–कार्यकतालाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

बुधबारै कपिलवस्तुको शिवराज नगरपालिमा रहेको चन्दको घरमासमेत पक्राउ पुँर्जी टाँसिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उनलाई ७० दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ ।

अदालतको आदेशानुसार चन्दलाई पक्रन प्रहरीले देशैभर ‘सर्कुलर’समेत जारी गरेको छ ।

वारेन्ट जारी गरिएका २० जनामध्ये महेन्द्र तामाङ र प्रकाश गुरुङ यसअघि धरौटीमा छुटिसकेका छन् ।

यस्तै, वारेन्ट जारी गरिएका पूर्वगृह राज्यमन्त्री तथा नेकपा कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य पदमबहादुर राई बुधबार ६० हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । राईसँगै उद्धव बस्नेत पनि धरौटीमा छुटेका छन् ।

राई र बस्नेतलाई ज्यानमार्ने उद्योगका दुईओटा मुद्दा बराबर २५/२५ हजार र बम पड्काएको मुद्दामा जनही १० हजार गरी जम्मा ६० हजारका दरले धरौटी लिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।