२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


३१ हजार नदिएको झोंकमा विस्फोटक पदार्थ चोरेर भागेपछि…


0
Shares

महानगरीय प्रहरी प्रभाग नागढुंगाले जाँचकाक्रममा मंगलबार राति धादिङबाट काठमाडौं आउँदै गरेको बा३ख ९७१९ नम्बरको बसमा यात्रा गरिआएका दैलेख, नौमूले गाउँपालिका–८ का दशरथबहादुर शाहीलाई विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

शाहीले झोलामा राखेर ल्याएको डेटोनेटर ४४ थान, लोला १२ थान, ‘सेफ्टीफ्युज’ २५ मिटर, कालो टेप दुईथान र रबरको गुलेली एउटा बरामद गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले पक्राउ परेका शाही रसुवामा सडक निर्माणमा मजदुरकारुपमा काम गर्ने गरेको र सडक निर्माणका लागि ल्याएको विस्फोटक पदार्थ चोरेर हिँडेको अनुसन्धनाकाक्रममा खुलेको जानकारी दिए ।

ठेकेदारले काम गरेबापत दिनुपर्ने रु ३१ हजार नदिएको झोंकमा आफूले विस्फोटक पदार्थ चोरेर भागेको बयान उनले प्रहरीसामु दिएका छन् । रासस