अफगानिस्तानका राष्ट्रपतिले गरे तालिवानी विद्रोहीलाई वार्ताको प्रस्ताव • Image Khabar Image Khabar


अफगानिस्तानका राष्ट्रपतिले गरे तालिवानी विद्रोहीलाई वार्ताको प्रस्ताव


Imagekhabar
१७ फाल्गुन २०७४, बिहीबार ०८:२१

अफगानिस्तानका राष्ट्रपतिले गरे तालिवानी विद्रोहीलाई वार्ताको प्रस्ताव

काठमाडौं, फागुन १७ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानी विद्रोहीलाई शान्ति वार्तामा आउन प्रस्ताव गरेका छन् ।

राष्ट्रपति घानीले १६ वर्षदेखि युद्धमा रहेको तालिवानलाई विनासर्त वार्तामा आउन आह्वान गरेका हुन् ।

काबुलमा भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धविराम र बन्दी आदानप्रदान गर्ने प्रस्ताव गरेका हुन् ।

त्यसका लागि तालिवानले अफगानिस्तान सरकारलाई मान्यता दिनुपर्ने र कानुनको पालना गर्नुपर्ने बताए ।

यसअघि शान्ति वार्ताको प्रस्ताव गरिएको भए पनि तालिवानले आक्रमण नरोक्दा सफल हुन सकेको थिएन ।

तालिवानले भने अफगानिस्तानको नेतृत्वले गर्ने व्यवहारमा शान्ति वार्ता भर पर्ने बताएका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्