
फाइल तस्विर
जनकपुर, फागुन १९ । धनुषाको जनकपुरमा आज होली महोत्सव धुमधामका साथ मनाइँदै छ ।
मध्यमा परिक्रमा सम्पन्न भएको भोलीपल्ट होली मनाउने परम्परा रहेकाले आज जनकपुरमा होली मनाइएको हो ।
जनकपुरका विभिन्न चोकमा मटका भोर कार्यक्रमको समेत आयोजना गरिएको छ । होलीलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्