
कन्चनपुर, फागुन १९ । लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि कञ्चनपुरमा युवा जागरण अभियान सुरु गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति कञ्चनपुरको आयोजनामा चोरी तस्करी नियन्त्रणका लागि सचेतनाका अभियान थालिएको हो ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा ‘युवाको जागरण: बाघ चितुवाको संरक्षण’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको हो ।
महेन्द्रनगरको खुला मञ्चबाट विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहितको ¥याली निकालिएको छ ।
र्यालीमा मध्यवर्ती क्षेत्रका ९ समूह र जिल्ला वन कार्यालयका पदाधिकारीसमेत सहभागी भएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले जैविक विविधता संरक्षण गर्न अभियान सञ्चालन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्