२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै टीकापुर बन्द


0
Shares

गत बिहीबार सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या गरिएको थियो ।

मृतकका आफन्तले प्रहरीले हत्यामा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरअगाडि धर्ना दिएका छन् ।

उनीहरुले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालयअगाडि टायर बालेर विरोध जनाइरहेका छन् ।

फागुन १७ गते होली मैदानमा होली खेलिरहेको अवस्थामा थापामाथि छुरा प्रहार गरिएको थियो ।

हज्जारौंको उपस्थितिमा भएको होली कार्यक्रममा थापामाथि छुरी प्रहार गर्ने व्यक्ति को हुन् भनेर प्रहरीले पहिचान गर्न सकेको छैन । के–कति कारणले उनीमाथि छुरी प्रहार भयोसम्म प्रहरीले थाहा पाउन सकेको छैन ।

तर, प्रहरीले घटनाको आशंकामा १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताए ।

हत्या गरिएका थापाका आफन्तले भने हत्यारा प्रक्राउ नपर्दासम्म मृतकको शव नउठाउने बताएका छन् । मृतक थापाको शव टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।