२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


हुन्डीको कारोबार गरेको आरोपमा २० लाखसहित ७२ वर्षीय भण्डारी पक्राउ


0
Shares

काठमाडौं, असार १३ । प्रहरीले एकजना अवैध हुन्डी ‘कारोबारी’लाई २० लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने ७२ वर्षीय बालकृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनलाई नयाँबजार पुलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।