
मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका–६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।
पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना५ख ३१०१ नम्बरको बसले थापालाई ठक्कर दिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् लमही नगरपालिका–१, सुनडबरीमा थापालाई उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
थापा तुलसीपुरमा रहेका छोरालाई भेट्न दाङ आउँदै गर्दा दुर्घटनामा परेका थिए ।
गम्भीर घाइते थापालाई लमही अस्पताल पुर्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्